मधुमेहका प्रमुख लक्षणहरू

मधुमेह रोकथाम र उपचार
बोलीचालको भाषामा सुगर पनि भनिने मधुमेहलाई चिकित्सकीय भाषामा डायबिजिट भनिन्छ। मधुमेह वा शुगर रोग हुँदा रगतमा ग्लुकोज सामान्य भन्दा धेर हुन्छ र ग्लुकोजका साथै बोसो तथा प्रोटिनको उपपाचन पनि प्रभावित हुन्छ ।
मधुमेहका प्रमुख लक्षणहरू
वजनमा कमी हुनु
धेरै भोक, तिर्खा वा पेसाब लाग्नु
थकाइ, पिँडुला दुख्ने
पटक–पटक सङ्क्रमण हुनु वा घाउ ढिलो निको हुनु
हात खुट्टा झनझन गर्नु, सुन्ने लाग्नु वा पोल्ने गर्नु
मधुमेह रोगका असरहरु
शरीरका सबै अङ्गहरूमा यस रोगको प्रभाव पर्दछ, विकृति भए पछि मात्र रोगको निदान हुन्छ र यसरी यो रोग वर्षौँदेखि चुपचाप शरीरमा रहिआएको हुन्छ ।
केही खास दीर्घकालिन विकृतिहरू–
प्रभावित अङ्गमा परेको प्रभावको लक्षण
असमयमा आँखामा मोतिबिन्दु देखा पर्नु, बनिनु, कालापानी, पर्दाविकल हुनु (रेटिनापेथी) वा धेरै बिग्रेर हुने अन्धोपन।
मुटु तथा धमनीमा हदयघात (हार्ट एटेक) रक्तचाप, हदयशुल (एन्जाइना)।
मृगौला, मूत्रमा धेरै प्रोटिन जानु, अनुहार वा खुट्टामा वा पूरा शरीर सुन्निनु र अन्तमा मिर्गौँलाको कार्यहीनता वा रीनल फेल्योर हुनु ।
मस्तिष्क वा स्नायु तन्त्रमा उच्च मानसिक क्रियाहरूको विकृति जस्तै– स्मरणशक्ति, संवेदनाहरूमा कमी हुनु, रिङटा लाग्नु, नपुंसकता (न्युरोपेथी)हुनु
निदान
रगतमा रहेको ग्लुकोज सजिलै जाँच गर्न सकिन्छ। सामन्यतः ग्लुकोजको खाएर जाँच गराउने आवश्यकता हुँदैन प्रारम्भिक जाँचमा पेसाबमा ऐलबुमिन वा रगतमा बोसोको अनुमान पनि गराउनु पर्छ ।
उपचार
रगतमा ग्लुकोजको मात्रा कम गर्नु मात्रै मधुमेहको पूर्ण उपचार होइन। उपयुक्त भोजन र व्यायाम अत्यन्त आवश्यक हुन्छ ।
कतिपय प्रमुख खाद्यवस्तुहरू जसलाई थोरै मात्रामा प्रयोग गर्नु पर्छ ।
नुन, चीनी, गुँड, घिउ, तेल, दूध र दूधबाट बनिएका वस्तुहरू पराठा, मीठा खाने कुराहरू, आइसक्रीम, मिठाई, मांस, अण्डा, चकलेट, सुकेको नारियल आदि ।
खाद्यप्रदार्थ जुनचाहिँ धेरै मात्रामा खानु पर्छ ।
हरिया सब्जीहरू, काँक्रो, काँकरी, गोलभेडा, प्याज, लसुन, कागती र सामान्य खोर्सानी तथा मसलाहरूको प्रयोग गर्न सकिन्छ । फलहरूको सेवन गर्न सकिन्छ। ज्वार, चना र गहुँका आटाको रोटी (मिस्सी रोटी) धेरै उपयोगी हुन्छ। तोरीको तेल अरू तेलहरू (सोयाबीन, बदम, सूर्यमुखी) सँग प्रयोग गर्नु,खाना खाने समय जहाँसम्म सम्भव हुन्छ निश्चित हुनु पर्छ र लामो समयसम्म भोको बस्नु हुँदैन ।
खानाको मात्रा चिकित्सकद्वारा रोगीको वजन र ऊचाईका हिसाबले केलोरीको गणना गरी निर्धारित गरिन्छ ।
उपचारको दोस्रो उपाय हो व्यायाम– सधैँ लगभग द्दण्–द्धण् मिनट छिटो हिँडनु, पौडी खेल्नु साइकल कुदाउनु लगायतका शरिरको अवस्था अनुसार व्याम गर्ने । योगाभ्यास पनि उपयोगी हुन्छ।
भोजनमा उपयुक्त परिवर्तन र व्यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रित रहन्छ त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ ।
मधुमेहका रोगीहरूले अपनाउनु पर्ने सावधानी
नियमित रूपमा रक्त ग्लुकोज, रगतमा बोसो र रक्तचापको जाँच गर्नु।
भोजन र व्यायामले सन्तुलित वजन राख्न ु।
धूम्रपान र मद्यपान नगर्नु
अनावश्यक औषधीहरूको उपयोग नगर्नु।
अचानक औषधी बन्द कहिल्यै नगर्नु।